दफा १९
सहुलियतमा पैठारी गरिएका सामानहरुको विवरण खुलाउनु पर्ने
द्विपक्षीय वा बहुपक्षिय सम्झौता बमोजिम गरिने सार्वजनिक निर्माण कार्यको लागि प्रचलित कानून बमोजिम प्राप्त सुविधा अन्तर्गत स्वदेशी तथा विदेशी निर्माण व्यवसायीले नेपाल ………. भित्र पैठारी गरेको सवारी साधन, मेशिनरी औजार तथा यस्तै अन्य यन्त्र तथा उपकरणहरुको विवरण तोकिए बमोजिमको ढाँचामा समिति समक्ष पेश गर्नु पर्नेछ ।